२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

जनकपुरधाममा विवाह पञ्चमीको धुमधाम-फोटो फिचर

जनकपुरधाममा विवाह पञ्चमीको धुमधाम-फोटो फिचर
अ अ+ अ-

धनुषा । पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो ।

उहाँका अनुसार सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासीले महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गर्दछन् ।

मैथिल साहित्यकार डा राजेन्द्र विमल भन्नुहुन्छ, “संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखेर रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि सम्पन्न गर्ने र जानकी मन्दिरमा ल्याएर विवाह संस्कार सम्पन्न गरिन्छ । सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।”

राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमीमा राम जानकी विवाहपञ्चमी मेला आयोजना गरिन्छ ।

आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथका जेठा छोरा श्रीरामचन्द्रले शिव धनुष उठाएर ताँदोमा बाण चढाउँदा भाँचिएपछि मार्गशुक्ल पञ्चमीमा राम जानकीको शुभविवाह भएको प्रसङ्ग सीतोपाख्यानमा उल्लेख छ । उक्त विवाह भएको खुसियालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा रहेको हो ।

राम र जानकीको स्वयंवर भएको भनिएको रङ्गभूमि १२ बिघा मैदानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राममन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगर परिक्रमा गर्दै ल्याउने र जानकी मन्दिरबाट बाजागाजा र लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।

त्रेता युगमा मिथिलाका राजा जनकले सीता स्वयंवर आयोजना गर्दा देशदेशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको जनकपुरधामलगायत भारतबाट आएका लाखौँ श्रद्धालु डोला नगर परिक्रमा, दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।

जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन, चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम रामचन्द्रको जयन्ती मनाउन र वैशाख शुक्ल नवमीमा जानकी प्राकट्य महोत्सवका उपलक्ष्यमा पनि यहाँ मेला लाग्ने गर्दछ । त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला महोत्सव तथा फागुन शुक्लपक्षका बेला पन्ध्र दिवसीय मिथिला पञ्चकोसी परिक्रमा ९जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा० तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा पनि आयोजना गरिन्छ । ती सबै उत्सव र पर्वमध्ये राम जानकी विवाह महोत्सव भने बढी श्रद्धा, निष्ठा, उत्साहका र भव्यतापूर्वक मनाइन्छ ।

वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीयाका दिन अयोध्याबाट साधुसन्तसमेतको एउटा जन्तीको डफ्फा९बाराती समूह०लाई जनकपुरधाम आइपुगेपछि स्वागत गरिन्छ । अयोध्याबाट आउने जन्तीलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा स्वागत गरिन्छ ।

तृतीया तिथिमा राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखको उपस्थितिमा तिलकोत्सव ९कुरा छिन्ने काम अर्थात् वाग्दान० सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिमा मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल९घरगाउँले समूह वा माइती पक्ष०द्वारा स्वागत अभिवादन गरिन्छ ।

त्यसपछि राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पु¥याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरी राम मन्दिरबाट मण्डपतर्फका महन्थबाट जानकीलाई स्वयम्बर गरिन्छ । स्वयम्बरपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कंन्छ र त्यसै रात वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ ।

प्रदेशभर सार्वजनिक बिदा

सीताराम विवाह पञ्चमी महामहोत्सवका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो ।

सप्ताहव्यापी मनाइने विवाह महोत्सवको मुख्य दिन आज परेकाले प्रदेश सरकारले विगत वर्षजस्तै सार्वजनिक बिदा दिएको हो । विवाह महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बसोबास तथा भीड व्यवस्थित गर्न विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ ।

तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीन पटक सञ्चालनमा ल्याइएको छ । विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीनपटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।

कम्पनीले मङ्सिर ११, १२ र १३ गते भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान ८ः३०, १२ः३० र दिउसो ३ः३० बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । यसैगरी जनकपुरधामबाट बिहान १०ः४५, १ः४० र ५ः१५ बजे जयनगरका लागि रेल छुट्ने उहाँले जानकारी दिनुभयो । जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालन गरिएको हो ।

रेल सेवाले भारतबाट आउने तीर्थयात्रीलाई जनकपुरधाम आउनका लागि निकै सहयोग मिलेको पनि महोत्तरी जिल्लाको भिट्ठामोड नाकाबाट आएका तीर्थयात्रीका लागि पर्याप्तमात्रामा बस सेवाको व्यवस्था नभएका कारणले तीर्थयात्री कष्टपूर्ण यात्रा गर्न विवश देखिन्छन् ।

थोरै बस सेवा सञ्चालन भएकाले यात्रीले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परिरहेको दुखेसो तीर्थयात्रीले गरेका छन् । कतिपय यात्रा भिट्ठामोडबाट जनकपुरधामका लागि पैदल नै हिँडेको देखिन्छ ।

अहिले विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण जनकपुरका होटल, लज र धर्मशाला भरिभराउ हुनाका साथै स्थानीय सङ्घसंस्थाले ठाउँठाउँमा बासका लागि पन्डाल निर्माण गरेका छन् । विषेशगरी नेपाल तथा भारतको विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम आउनेक्रम विगत दुई दिनदेखि जारी छ । रासस