२३ भाद्र २०८३, मंगलवार
,
Latest
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकप: आज पनि चार खेल हुँदै, तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड भिड्दै



अ+ अ-

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार पनि चार खेलहरु हुँदैछन् ।

कतारमा जारी विश्वकपमा आज समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘जी’मा रहेको क्यामरुन र सर्बिया बीच अल जानौबी स्टेडियममा प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार दिउसो ३ः४५ बाट सुरु हुने खेलमा दुबै टिम जितको खोजीमा रहेका छन् । सर्बिया पहिलो खेलमा ब्राजिलसँग २-० गोलको अन्तरमा पराजित भएको थियो भने क्यामरुन स्विट्जरल्यान्डसँग पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘एच ‘ को दक्षिण कोरिया र घाना बीच खेल हुनेछ । एजुकेशन सिटी स्टेडियममा हुने खेल साझँको ६ः४५ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा पोर्चुगलसँग ३-२ को अन्तरले पराजित भएको घाना जितको खोजीमा रहेको छ । दक्षिण कोरियाले भने उरुग्वेसँग बराबरी खेलेको थियो ।

विश्वकप अन्तर्गत सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । स्टेडियम ९७४ मा हुने खेलमा दुबै टिम दोस्रो जितको खोजीमा रहेका छन् । खेल रातको ९ः४५ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा ब्राजिलले सर्बियालाई २-० गोलले पराजित गरेको थियो भने स्विट्जरल्यान्डले क्यामरुनलाई हराएको थियो ।

त्यस्तै चौंथो खेलमा समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । पोर्चुगल दोस्रो जितको योजनामा छ भने उरुग्वे पहिलो जितको आशमा छ ।

३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका कतार विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।