• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

धनुषा ४: एमाले सचिव महासेठलाई उछिन्दै अघि बढे कांग्रेसका सहमहामन्त्री यादव



धनुषा । धनुषा ४ मा एमाले सचिव रघुवीर महासेठलाई उछिन्दै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले अग्रता लिएका छन् । आइतबार साँझबाट यादवलाई पछि पारेका महासेठ अहिले साढे ५ सय मतले पछाडि धकेलिएका छन् ।

सोमबार बिहानको ताजा अपडेटअनुसार महेन्द्र यादवले २६ हजार ५१० मत ल्याए भने रघुवीरले २५ हजार ९६३ मत पाए । दुईजनाबीच मतको अन्तर ५४७ रहेको छ ।

अहिले मिथिला नगरपालिकाको गणना भइरहेको छ । अब करिब १२ हजार मत गन्न बाँकी रहेको छ ।