२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह पञ्चमीको अवसरमा राष्ट्रपतिबाट शुभकामना सन्देश



अ+ अ-

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

विवाह पञ्चमीको अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले प्राचीन सांस्कृतिक उत्सव विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीचको एकतालाई सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्ने अपेक्षा गर्नुभएको छ ।

उहाँले मार्ग शुक्ल पञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली मा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ- प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रम मुख्य आकर्षण मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजा सहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ ।

प्राचीनकालदेखि नै यस क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्‍भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छु ।