१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी न्यून प्रणालीको प्रभाव बिभिन्न स्थानमा असिना सहितको बर्षा



अ+ अ-

काठमाडौं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली गराउनुका साथै देशका कतिपय भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ साथै तराईमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो ताप्लेजुङ, ओखलढुङ्गा, पोखरालगायत स्थानमा वर्षा भएको छ । पोखरामा असिनापानीसहित वर्षा भएको छ । पोखरामा सबैभन्दा बढी १९ मिलिमिटर वर्षा भएको छ । वर्षाले पोखराको हवाई उडान पनि प्रभावित बनेको छ । बुद्ध एयरले तीन उडान रद्द गर्नुपरेको जनाएको छ । 

 काठमाडौँ उपत्यकामा आकास गड्याङगुडुङसहित पूर्ण बदली छ । बदली र वर्षाले बढी चिसो महसुस गरिएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र देशको पहाडी भेगका केही स्थानमा स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी  भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि सोमबार पनि देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

तस्वीर : राधिका कँडेल, रासस