१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श भोटेकोसी बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट



अ+ अ-

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको सूचनाअनुसार लघु जीवन बीमा व्यवसाय गर्नका लागि तीन वटा र लघु निर्जीवन बीमा व्यवसाय गर्नका लागि चार कम्पनीको प्रस्ताव छनोट गरिएको छ ।

प्राधिकरणले गत भदौ १० गते ३५ दिने सूचना जार्दै लघु बीमा व्यवसाय गर्न चाहने कम्पनीहरुबाट प्रस्ताव माग गरेको थियो । प्रस्ताव आह्वान गरिएको म्यादभित्र दर्ता हुन आएका प्रस्तावहरुमध्ये प्राधिकरणको मूल्याङ्कनबाट सात कम्पनीलाई छनोट गरिएको हो ।

लघु जीवन बीमा व्यवसाय गर्नका लागि प्रस्ताव छनोट भएका कम्पनीमा मोरङको बिराटनगर–७ मा मुख्य कार्यालय रहेको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड, सुर्खेतको वीरेन्द्रनगरमा प्रधान कार्यालय रहेको क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् ।

लघु निर्जीवन बीमा व्यवसायतर्फ रुपन्देहीको बुटवल–२ मा प्रधान कार्यालय रहेको ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, चितवनको भरतपुर–१ मा प्रधान कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, धनुषाको जनकपुरधाममा प्रधान कार्यालय रहेको स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलालीको धनगढी–३ मा प्रधान कार्यालय रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रस्ताव छनोट गरिएको छ ।