९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो चरणको महामारीका बेला भारतलाई ५२ देशको सहयोग



अ+ अ-

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो चरणको महामारी चलिरहेका बेला भारतलाई विश्वका ५२ देशले सहयोग गरेको पाइएको छ । भारतलाई ती देशहरुले स्वास्थ्य सामग्री, उपकरणसहितका विभिन्न स्रोतसाधनको सहयोग गर्नुका साथै सहानुभूति पनि प्रकट गरेका थिए । महामारी फैलिएपछि विभिन्न अभाव र समस्या भएको भारतलाई ती देशहरुको सहयोगकै कारणले महामारी व्यवस्थापन गर्न सजिलो भएको थियो । 

शुरुमा विभिन्न अभाव र समस्या भए पनि आन्तरिक स्रोतको व्यवस्थापन र बैदेशिक स्रोत र सहयोग प्राप्त भएपछि सजिलो भएको अधिकारीहरुले जनाएका छन् । 

राष्ट्रियसभाको बैठकमा विदेश मामिला राज्यमन्त्री भी मुरलिधरणले मित्र राष्ट्रहरुको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो । “दोस्रो चरणको महामारी भइरहेको बेला हामीलाई धेरै मित्र राष्ट्रहरुले खुलेर सहयोग गर्नुभयो, सहानुभूति देखाउनुभयो, हामी उहाँहरुप्रति आभारी छौँ”, धन्यवाद दिन चाहन्छौँ, उहाँले भन्नुभयो ।  

विषेश गरेर विदेशी दाताहरुले दिएको उपकरण, औषधि, खोपलगायतका स्वास्थ्य सामग्रीले ठूलो राहत भएको पनि उहाँले जानकारी दिनुभयो । “आजको दिनसम्म हामीलाई ५२ देशले विभिन्न सहयोग दिएको देखिएको छ, उनीहरुले सरकारबाट सरकारलाई, संस्थाबाट संस्थालाई, कम्पनीबाट कम्पनीलाई वा व्यक्तिवाट व्यक्तिलाई दिएको पनि पाइएको छ”, विदेश राज्यमन्त्री मुरलीधरणले भन्नुभयो । (रासस-एएनआई)