२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनालको हार निश्चित, पुनः मतदानको माग अस्वीकृत



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा हार निश्चित भएको छ । उनी पराजयको संघारमा पुगेका छन् ।

इलाम निर्वाचन क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार खनाल नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतसँग दुई हजार ५०० मतले पछाडि परेका छन् । यो क्षेत्रमा खनालको सातौँ पटकको उम्मेदवार थियो । यस निर्वाचनमा उनी बस्नेतसँग सुरुदेखि नै पछाडि परेका हुन् ।

ताजा मतपरिणामअनुसार बस्नेत २४ हजार ३०४ मत ल्याएर अग्रस्थानमा छन् । निकटतम प्रतिस्पर्धी खनालले २१ हजार ८०२ मत पाएका छन् । निर्वाचनमा कूल ५९ हजार ९०६ मत खसेको थियो र अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ ।

अब करिब ३ हजार मत गन्न बाँकी छ । दुई हजार ५०० मतले पछि परेका खनाललाई अब गन्न बाँकी सबै मत आउने सम्भावना न्यून छ । उनले मतदानमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका थिए तर निर्वाचन आयोगले उनको मागलाई अस्वीकार गरेको थियो ।




भर्खरै