• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमिरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण

डाक्टर शर्मा एक्सनमा -निशुल्क उपाचार गर्ने ५० शैयाको क्याबिनको उद्घाटन



मोरङ । प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा. सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गर्नुभएको छ ।

चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैया क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गरे अनुसार सेवा शुभारम्भ गर्नु भएको हो ।

शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाउनुभएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गर्नुभयो ।

मोरङ ३ का मतदाता लक्षित उक्त सेवा शुभारम्भ गर्दै शर्माले भविष्यमा अझ बिस्तार गरिने बताउनुभयो । हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियो ।अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्, डा। शर्माले भन्नुभयो । प्रतिनिधि सभाको सदस्य पदमा नवनिर्वाचित मोरङ ३ का सांसद एवम् कांग्रेस नेता डा। सुनीलकुमार शर्माले नोबेल शिक्षण अस्पताल विराटनगरमा निःशुल्क क्याबिन सेवाको उद्घाटन गर्नुभएको छ ।

चुनावमा मतदातासँग भोट माग्ने क्रममा उहाँले निर्वाचनमा विजयी भएको प्रमाणपत्र पाएको ७२ घण्टाभित्र ५० शैया क्याबिन निःशुल्क सञ्चालन गर्ने घोषणा गर्नुभएको हो।
शनिबार मोरङ ३ को निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पाउनुभएका शर्माले आइतबार नोबेल अस्पतालभित्र क्याबिन निःशुल्क सेवाको शुभारम्भ गर्नुभयो ।

मोरङ ३ का मतदाता लक्षित उक्त सेवा शुभारम्भ गर्दै शर्माले भविष्यमा अझ बिस्तार गरिने बताउनुभयो ।हिजो सिफारिस चाहिन्थ्यो, राजनीतिक रुपमा सम्पर्क नभएकाहरूले सेवा लिन सक्नुहुन्न थियो ।अब मोरङ ३ का बिरामीले मतदाता परिचयपत्र देखाएर नै यो सेवा पाउनेछन्, डा। शर्माले भन्नुभयो ।
सेवा शुभारम्भ गर्दै शर्माले निर्वाचनमा जनतासामु गरेका हरेक बाचा पुरा गर्ने गरि काम सुरु भएको बताउनु भएको छ । जनताले नकै ठुलो विश्वास र भरोसाका साथ आफुलाइ निर्वाचित गरेको भन्दै शर्माले आफु जनताको त्यो विश्वास र भरोसा टुट्न नदिने गरि काम गर्ने बताउनु भयो । जनतासंग मत लिने र एकै पटक पाँच वर्षपछि भोट माग्न आउने प्रवृति विरुद्ध जनताले भोट दिएका कारण जनताको त्यो आशिर्वाद सधैं शिरमा राखेर हिड्ने शर्माको भनाइ थियो ।

शर्माले मोरङ ३ बाट पूर्व मन्त्री भानुभक्त ढकाललाई २२ हजार ५५६ को फराकिलो मतान्तरले हराउनुभएको थियो । उहाँ ४८ हजार ६३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले नेता भानुभक्त ढकालले २५ हजार ८९५ मत प्राप्त गर्नुभयो । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको यो पहिलो जित पनि हो ।