७ पुष २०८२, सोमबार
,
Latest
ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ-१ मा कांग्रेसका डिगबहादुर लिम्बु विजयी



Nepali Congress
अ+ अ-

उर्लाबारीः मोरङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्वु निर्वाचित हुनुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार लिम्बुले २७ हजार २९७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का घनश्याम खतिवडाले २६ हजार ८६७ मत प्राप्त गर्नुभयो । यसअघि २०७४ सालको निर्वाचनमा खतिवडाले लिम्बुलाई पराजित गर्नुभएको थियो ।

यस निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा १ मा एमालेका उमाकान्त गौतम विजयी हुनुभएको छ । उहाँले १३ हजार ५३१ मत प्राप्त गर्नुभयो भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कुशल साम्वाले १० हजार ४ मत प्राप्त गर्नुभयो ।

यस्तै प्रदेशसभा २ मा एमालेका खड्गबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँले १४ हजार ५३९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका उपेन्द्रप्रसाद घिमिरेले १३ हजार ८ सय ६३ मत प्राप्त गर्नुभयो ।

यो नतिजासँगै मोरङमा कांग्रेसले ३,माओवादी केन्द्रले १, नेकपा एमालेले १  स्थानमा जित निकालेका छन् भने एक स्थान स्वतन्त्रले जितेका छन् ।  रासस