• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि… ★   रायोको साग बेचेर लाख आम्दानी ★   कैलालीका थारु समुुदायमा भजहरको रौनक ★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो ★   काठमाडौँको वायु अझै अस्वस्थ ★   जापानी विदेशमन्त्री खामिखावा नेपालमा ★   म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी ★   घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि… ★   घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’

सर्लाही–२ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट राय विजयी



सर्लाही । सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३ मतान्तरले पराजित गर्दै जित निकाल्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका नेपाल समाजवादी पार्टी ९नेसपा०का रायले नेकपा९माओवादी केन्द्र०को निर्वाचन चिह्न लिएर २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार पाँच सय १६ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विजयी हुनुभएका राय विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने लोसपाका महतो विसं २०७४ मा नेकपा (एमाले)को सहयोगमा धनुषा क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । यता वाम–लोकतान्त्रिक गठबन्धनका राय सर्लाही क्षेत्र नं २ बाटै २०७४ मा पनि निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी सर्लाही–२ प्रदेशसभा ९२०बाट नेपाली कांग्रेसका कौशल किशोर यादव प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का उम्मेदवार मेभुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले नौ हजार छ सय २६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी लोसपाका चौधरीले नौ हजार चार सय ४७ मत पाउनुभएको छ । रासस