२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपाध्यक्ष पौडेलद्वारा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण



अ+ अ-

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्नु भएको छ ।

शनिबार अपरान्ह २७ हजार १४८ मत ल्याई निर्वाचित हुनु भएका उहाँलाई निर्वाचन अधिकृत उद्वीर नेपालीले रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र वितरण गर्नुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गर्नु भएको थियो ।

कार्यक्रममा सोही क्षेत्रको (१)मा निर्वाचित प्रदेशसभा सांसद लिला गिरी र (२) मा निर्वाचित प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले पनि आफू निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्नु भयो ।प्रदेशसभामा निर्वाचित गिरी र श्रेष्ठ पनि एमालेबाट निर्वाचित हुनु भएको हो । प्रमाणपत्र ग्रहण गरेलगत्तै एमालेका नेता, कार्यकर्ताहरु उत्साहका साथ विजय जुलुसमा सहभागी भएका थिए ।