२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद (सूचीसहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८ क्षेत्रमा जित निकालेको छ ।

नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जीत निकालेको छ ।

यस्तै, कर्णाली प्रदेशमा एमालेको जित शून्य रहँदा प्रदेश नम्बर १ का ९ क्षेत्रमा, मधेशमा ७, बागमतीमा ४, गण्डकीमा ५ र सुदूरपश्चिममा २ क्षेत्रमा जीत निकालेको छ ।

प्रदेश नम्बर १

१. झापा ५ – केपी शर्मा ओली

२. झापा २ – देवराज घिमिरे

३. ताप्लेजुङ – योगेश भट्टराई

४. सोलुखुम्बु – मानवीर राई

५. धनकुटा – राजेन्द्र राई

६. झापा ४ – एलपी साँवा लिम्बू

७. उदयपुर २ – अम्बरबहादुर रायमाझी

८. पाँचथर–बसन्तकुमार नेम्वाङ

९. मोरङ–२ ऋषिकेश पोखरेल

मधेश प्रदेश

१. पर्सा ३ – राजकुमार गुप्ता

२. सिरहा १ – राम शंकर यादव

३. धनुषा ३– जुली कुमारी महतो

४. सर्लाही ३– हरि उप्रेती

५. बारा १–अच्युत मैनाली

६. बारा ३– ज्वाला कुमारी साह

७. सिरहा ३ – लीलानाथ श्रेष्ठ

बागमती प्रदेश

१. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

२. ललितपुर २ – प्रेमबहादुर महर्जन

३. मकवानपुर २ – महेश कुमार बर्तौला

४. काभ्रे २ – गोकुल बाँस्कोटा

गण्डकी प्रदेश

१. कास्की १ – मनबहादुर गुरुङ

२. कास्की २ – विद्या भट्टराई

३. कास्की ३–दामोदर बैरागी पौडेल

४. पर्वत – पदम गिरी

५. लमजुङ – पृथ्वी सुब्बा गुरुङ

लुम्बिनी प्रदेश

१. गुल्मी २ – गोकर्ण विष्ट

२. अर्घाखाँची – टोपबहादुर रायमाझी

३. प्युठान – सूर्य थापा

४. रुपन्देही ५ – बासुदेव घिमिरे

५. बाँके १ – सूर्य ढकाल

६. कपिलवस्तु १–बलराम अधिकारी

७. पाल्पा १ – ठाकुर गैरे

८. पाल्पा २ – नारायणप्रसाद आचार्य

९. कपिलवस्तु–३ मंगल प्रसाद गुप्ता

१०. रुपन्देही–२ विष्णु प्रसाद पौडेल

११. रुपन्देही–१ छविलाल विश्वकर्मा

सुदूरपश्चिम प्रदेश

१. कन्चनपुर १– तारा लामा तामाङ

२. बैतडी–दामोदर भण्डारी