५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित



अ+ अ-

काठमाडौँ । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका हुन् ।

संविधान सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यादवको १३ हजार आठ सय २३ मत अएको छ भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार चार सय ६८ मत पाएका थिए ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार सात सय ५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले सात सय ९८, जनमत पार्टीका राजेश साहले दुई हजार सात सय २५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार एक सय ११ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचित भएपछि यादवले प्रतिक्रिया दिँदै जनताको भरोसा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे ।