१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः म्यान्चेस्टर युनाइटेडद्वारा लिड्स युनाइटेड पराजित, वल्भ्ससँग लेस्टर स्तब्ध



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई उसकै मैदानमा ४-२ गोलले पराजित गरेको हो । 

खेलको ३४ औं मिनेटमा ह्यारी म्यागुएरले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजले गोल गर्दै म्यान्युको अग्रता दोब्बर पारे । 

तर, खेलको ५३ औं मिनेटमा रोड्रीगो मोरेनो र ५४ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-२ को स्थितीमा ल्याए ।

यता, खेलको ७० औं मिनेटमा फ्रेडले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ३-२ को अग्रता बनाए भने ८८ औं मिनेटमा एन्थोनी एलांगाले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४-२ गोलको जित दिलाए । 

जितसँगै २६ खेलबाट ४६ अंकसहित म्यान्चेस्टर युनाइटेड तालिकाको चौंथो स्थानमा रहेको छ भने लिड्स २४ खेलबाट २३ अंकसहित १५ औं स्थानमा रहेको छ । 

यस्तै आइतबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी वल्भ्ससँग २-१ गोलले पराजित भएको छ । 

खेलको नवौं मिनेटमा रुवेन नेभीसले गोल गर्दै वल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । 

४१ औं मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै लेस्टरलाई १-१ को बराबरीमा ल्याए ।

तर, खेलको ६६ औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै वल्भ्सलाई जित दिलाए । जितसँगै २४ खेलबाट ४० अंकसहित वल्भ्स तालिकाको सातौं स्थानमा रहेको छ भने २३ खेलबाट २७ अंकसहित लेस्टर सिटी तालिकाको ११ औं स्थानमा छ ।