३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित



अ+ अ-

रूपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतको अन्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले २७ हजार १४८ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, जनमुक्ति पार्टीका केशव सुर्यवंशीले २१ हजार ९८६ मत ल्याउनुभयो । रुपन्देहीबाट पौडेल पाँचौं पटक सांसदमा चयन हुनुभएको हो ।

०५१ मा पाल्पा र त्यसपिछ रूपन्देहीबाट चुनाव लड्दै आउनुभएका पौडेलले २०६४ सालमा काँग्रेसका सूर्यप्रसाद प्रधान, २०७० मा माओवादीका डा. बाबुराम भट्टराई र २०७४ सालमा काँग्रेसका युवराज गिरीलाई पराजित गर्नुभएको थियो ।