१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अउबामेयाङको ह्याट्रिकमा बार्सिलोनाले भ्यालेन्सियालाई हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ । 

आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४-१ गोलले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लण्डन क्लब आर्सनलबाट बार्सिलोना आएका पिएरे एम्रिक अउबामेयाङले ह्याट्रिक गरे भने फ्रेंकी डी योंगले १ गोल गरे । 

खेलको २३, ३८ र ६३ औं मिनेटमा गोल गर्दै अउबामेयाङले ह्याट्रिक गरेका हुन् । यस्तै डी योंगले ३२ औं मिनेटमा गोल गरे । उता, खेलको ५२ औं मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलेरले गरेको गोल सान्त्वना गोल हुन पुग्यो । 

जितसँगै बार्सिलोना अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ । २४ खेल खेलेको उसको ४२ अंक छ । यस्तै पराजित भ्यालेन्सिया २५ खेलबाट ३० अंकसहित १२ औं स्थानमा छ । 

फेब्रुअरी २ मा आर्सनलबाट क्याटलान क्लब बार्सिलोना पुगेका ३२ वर्षीय अउबामेयाङको बार्सिलोनाका लागि यो पहिलो ह्याट्रिक तथा गोल समेत रहेको छ ।