२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्तिका चौधरीे विजयी



अ+ अ-

लम्की । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी हुनुभएको छ ।

चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गर्नुभएको छ । चौधरी एमालेका उम्मेदार रावलसँग पाँच हजार सात सय ४३ मतान्तरका साथ विजजी हुनुभएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिनुभयो ।

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का भगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत प्राप्त गर्नुभएकोे निर्वाचन अधिकृत जोशीले जानकारी दिनुभयो । यस्तै राप्रपाका भरतसिंह विसीले दुई हजार सात सय ८४ मत प्राप्त गर्नुभएको छ । एक लाख चार हजार नौ सय छ मतदाता रहेको यस क्षेत्रमा ६० हजार तीन सय ७४ मत खसेको थियो । तीन हजार छ सय ६४ मत बदर भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (क) मा नेपाली कांग्रेसका कमलबहादुर शाह १० हजार चार सय ३३ मत र निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी १० हजार छ सय ६५ मतका साथ यसअघिनै विजयी भइसक्नुभएको छ ।