२१ मंसिर २०८२, आईतवार
,
Latest
आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दृश्यम २’ सय करोड क्लबमा प्रवेश



अ+ अ-

एजेन्सी । अजय देवगन स्टारर फिल्म ‘दृश्यम २’ ले एक सातामै सय करोड कमाएको छ । फिल्मले रिलिजको सातौं दिनमा ८.६२ करोड कलेक्सन गरेको छ ।

यसरी फिल्मको कुल कमाई १०४.६६ करोड पुगेको हो । यो वर्ष बलिउडका लागि निकै निराशाजनक रह्यो । बक्स अफिसमा राम्रो कमाइ गर्ने फिल्म कमै छन् । अब दृश्यम २ पनि यो सूचीको हिस्सा बनेको छ ।

फिल्मको पछिल्लो कलेक्शन शेयर गर्दै फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेका छन् – ‘दृश्यम २ नटआउट, पहिलो हप्तामा फिल्मले राम्रो कमाई गरेको छ, अब सबैको नजर दोस्रो हप्तामा छ ।

शुक्रबार १५.३८ करोड, शनिबार २१.५९ करोड, आइतबार २७.१७ करोड, सोमबार ११.८७ करोड, मंगलबार १०.४८ करोड, बुधबार ९.५५ करोड, बिहिबार ८.६२ करोड। कुल १०४.६६ करोड।’

करिब ६० करोडको बजेटमा बनेको दृश्यम २ ले रिलिज भएको सात दिनमै आफ्नो बजेटभन्दा झण्डै दोब्बर नाफा कमाएको छ । चलचित्रले अहिले पनि हलमा राम्रो कलेक्सन गरिरहेको छ ।

अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन र अक्षय खन्नाको मुख्य भूमिका रहेको छ । फिल्मको पहिलो भाग निशिकान्त कामतले निर्देशन गरेका थिए तर कोभिडको समयमा उनको मृत्यु भएको कारण फिल्मका निर्माता अभिषेक पाठकले निर्देशनको जिम्मेवारी समेत लिएका थिए ।