५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापालाई झट्का, थापाको पकड रहेको प्रवासको समर्थन लिङ्देनलाई



अ+ अ-

काठमाडौं । प्रवासी नेपाली एकता समाजले राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहदै मूल प्रवाहमै रहने निर्णय गरेको छ ।  समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा विज्ञप्तिमा पार्टीभित्र सामान्य असहमति देखिनासाथ टुटफुट, विभाजनमा गइहाल्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने भन्दै आफूहरु पार्टीको मूलधारमा रहने प्रतिवद्धता जनाईएको छ ।

समाजले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहेको पनि जनाएको छ । बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उचाइ हासिल गर्दै गएको, पार्टीको एजेन्डा लोकप्रिय बन्दै गएको र राप्रपाप्रति आम जनताको आकर्षण बढिरहेको समयमा अलमल र द्विविधामा नपर्न प्रवास आइसिसी स्वदेश तथा विदेशमा रहेका पार्टीका सबै तहका साथीहरूलाई अनुरोधसमेत गरेको छ।