काठमाडौं । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित हुनु भएको छ ।
नेम्वाङले नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई पराजित गर्दै निर्वाचित हुनु भएको हो । नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।उहाँहरु बीच ४७ मत अन्तर रहेको थियो ।