१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले आज (सोमबार) क्यानडाविरुद्ध खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल दिउँसो ३ः४५ बजे ओमानको अल अमेरात क्रिकेट मैदानमा सुरु हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

उत्कृष्ट लयमा रहेको नेपालले यसअघि ओमानलाई ३९ तथा फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । जसकारण नेपाल क्यानडाविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रनेछ । २ खेलमा ४ अंकसहित नेपाल शीर्ष स्थानमा रहेको छ भने समान खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानाडामाथि जित निकालेको खण्डमा नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।

यद्यपि, नेपालले क्यानाडासँग हार ब्यहोरेमा र ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको नतिजा कुनुपर्ने हुन्छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै, फाइनल प्रवेश गर्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।