२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर क्षेत्र नं ३ मा नेपाली कांग्रेसका लेखक विजयी



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का निरुदेवी पालले १८ हजार चार सय ४८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले दुई हजार २० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले एक हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका सूचना अधिकारी ताराप्रसाद शर्माले यो क्षेत्रमा ५७ हजार सात सय ५८ मत खसेको बताउनुभयो । उहाँले कूल खसेको मतमा ५४ हजार ५९ मत सदर र तीन हजार पाँच सय ९९ मत बदर भएको जानकारी दिनुभयो ।