काठमाडौँ । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित भएका छन् ।
सप्तरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा राउत ३५ हजार ४२ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९६९ मत पाए ।
राउतले जसपाका यादवलाई १८ हजार ७३ मतले पछि पार्दै विजयी भएका हुन् । यस्तै, लोसपाका जयप्रकाश ठाकुरको ७ हजार ३४७ मत पाए ।