२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराजय पछि सागरको बुझाई: देउवाले राजनीतिक हिसाबले र सैद्धान्तिकरुपमा नातिलाई जित्नुभएन-भिडियो सहित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट दोस्रो सबैभन्दा धेरै मत पाई पराजित भएका स्वतन्त्र उम्मेदवार सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अब राजनीतिबाट आराम गर्न सल्लाह दिनुभएको छ ।

युवाहरु संसद्मा जाँदैछन्, अब हजुरबुबा पुस्ताका देउवाले नेतृत्व गर्न सुहाउँदैन भन्दै उहाँले प्रधानमन्त्री देउवालाई अब प्रधानमन्त्रीको प्रत्याशी नभई आराम गर्न सुझाव दिनुभयो ।

ढकालले संसद्मा जाने युवाहरुलाई पनि सकेसम्म प्रधानमन्त्री हुनबाट शेरबहादुरलाई ठाउँको ठाउँ रोक्न आग्रह गर्दै भन्नुभयो, “अब संसदीय दलको नेतामा फेरि पनि प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प पाइयोस् ।”

प्रधानमन्त्री देउवासँगै डडेल्धुरामा निर्वाचनमा लडेका ढकालले अब नाति पुस्ता राजनीतिमा आइसकेकाले हजुरबुबा पुस्ताले राजनीति गर्न नाति पुस्तालाई सिकाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू ढल्किँदो सूर्य हुनुहुन्छ, म उदाउँदो सूर्य छु । म उदाउँदो सूर्यलाई हजुरबुबाले के पाठ सिकाउने त ? यो चुनावले अब अर्को चुनाव कसरी लड्ने भन्ने सिकाउनुपर्यो ।”

उहाँले प्रधानमन्त्री देउवालाई लक्षित गर्दै भन्नुभएको छ, “तपाईंले एउटा आमसभा गर्न ४०/५० वटा गाडी प्रयोग गर्दै गर्दा मैले दुईटा बाइक लिएर हिँडिरहेको थिएँ । यति गर्दा पनि यो जित भनेको तपाईंका लागि अंकगणितको जित भयो । जबरजस्ती पैसा पेलेर जितेको जस्तो भयो । तर तपाइँले राजनीतिक हिसाबले र सैद्धान्तिकरुपमा नातिलाई जित्नुभएन ।”

उहाँले अबपछिको निर्वाचनमा डडेल्धुराबाट प्रधानमन्त्री देउवाले उमेरका कारण पनि उठ्न नसक्ने भन्दै अबको ५/१० वटा निर्वाचनलाई लक्षित गरेर आफूले डडेल्धुराबाटै राजनीति गर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको निर्वाचनमा डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी ढकाल स्वतन्त्र उम्मेदवारका रुपमा उठ्नुभएको थियो ।