१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी २ मा गोकर्ण विष्ट विजयी, झाँक्रीले दिइन् बधाई



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको हो ।

विजयी विष्टले २८ हजार ४७६ मत ल्याउँदा पराजित झाँक्रीले २६ हजार ४४२ मत ल्याउनुभयो ।

यसैबीच विजयी एमाले उम्मेदवार विष्टलाई बधाई दिँदै झाँक्रीले जय र पराजय सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा साथ रहने स्पष्ट पार्नुभएको छ ।