
काठमाडौं । एकजना प्रहरी जवानको ट्रकले च्याप्दा मृत्यु भएको छ । बाँकेको कोहलपुर चौराहमा ड्युटीमा खटिएका ३६ वर्षीया प्रहरी जवान कविता बीसीको ट्रक पल्टिएर च्यापिंदा मृत्यु भएको हो ।
शम्सेरगञ्जबाट कौशिलानगर बाँके तर्फ जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक गएराति १० बजे कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासी पल्टिंदा बीसी च्यापिएकी थिइन् ।
घाइते भएकी बीसीको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा गएराति सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँकले जनाएको छ । उनी प्रहरी चौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत थिइन् ।
ट्रक चालक दुर्घटना लगतै फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।