२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ २ प्रदेश (२) मा काङ्ग्रेसका जिल्ला सभापति आले विजयी



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भए ।

आलेले १३ हजार आठ सय ६० मत प्राप्त गरेको तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गरे ।

प्रदेशसभामा निर्वाचित आले नेपाली काङ्ग्रेसका जिल्ला सभापति हुन् । सिग्देल क्षेत्र नम्बर २ का निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिग्देलले यसपटक प्रदेशसभामा प्र्रतिस्पर्धा गरेका थिए । उक्त प्रदेशमा २९ हजार आठ सय ९८ मत खसेको थियो । यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका पर्दछ ।