• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन ★   नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण ★   काँग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्ने विषयलाई अन्य विषयसँग सौदावाजी गर्न मिल्दैन: कानूनमन्त्री गिरी ★   मुलुकको अर्थतन्त्र सुधारोन्मुख,अधिकांश सूचक सकारात्मक ★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा

दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता



दाङ । प्रतिनिधिसभा र प्रेदशसभा जारी मतगणनामा दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ ।

जिल्लाको क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले दुई हजार तीन सय १३ मत सहित अग्रस्थानमा रहनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी शान्ता चौधरीले एक हजार पाँच सय ३३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो । उहाँहरुबीच सात सय ८० मतले मतान्तर छ । उक्त क्षेत्रमा ८० हजार सात सय मत खसेको थियो ।

सोही क्षेत्रको १ को प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारुले दुई हजार एक ३३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका गङ्गाराम भट्टराईले दुई हजार १९ मत प्राप्त गर्नुभएको छ । चार हजार सात सय ९३ मतगणना भएको छ ।

यसैबीच सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली कांग्रेसका अनुराग खड्काले दुई हजार आठ सय ६३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार कूलबहादुर केसीले दुई हजार तीन सय ६९ मत प्राप्त गर्नुभएको छ ।

यसैबीच दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार ९माओवादी केन्द्र०का रेखा शर्माले अग्रता कायम राख्नुभएको छ । शर्माले आठ हजार छ सय १६ प्राप्त गर्नुभएको भने नेकपा ९एमाले०का उम्मेदवार शङ्कर पोखरेलले छ हजार आठ सय सात मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

उहाँकाबीच एक हजार आठ सय आठ मतान्तर रहेको छ । हालसम्म २० हजार छ सय ७८ मतगणना भएको छ । क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो ।

यसैबीच दाङ क्षेत्र नं २ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडि हुनुहुन्छ । कांग्रेसका खनालले पाँच हजार नौ सय ८४ मत प्राप्त गर्नुभएको भने नेकपा (एमाले)का उम्मेदवार बलिभद्र रानाले चार हजार नौ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

दाङ क्षेत्र नं २ को प्रदेशसभा २ मा भने भरखरै मतगणना सुरु भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रचण्ड विक्रम न्यौपानेले चार सय ८५ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार गिरिराज केसीले चार सय मत प्राप्त गर्नुभएको छ ।

यसैबीच दाङ निर्वाचन क्षेत्र नं ३ मा भएको प्रतिनिधिसभामा सदस्यमा गठबन्धनकातर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले तीन हजार चार सय ६० मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले०का उम्मेदवार कोमल वलीले दुई हजार नौ सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत डोलनाथ घिमिरेले जानकारी दिनुभयो । अहिलेसम्म आठ हजार चार सय ९४ मतगणना भएको छ ।

दाङ निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकामा ९० हजार एक सय ३२ मत खसेको थियो ।
दाङ क्षेत्र नं ३ को प्रदेशसभा १ मा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डिल्ली चौधरीले पाँच हजार दुई सय ६० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार घनश्याम पाण्डेले चार हजार एक सय ९१ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा १ मा ६६ हजार चार सय ८६ मतदाता रहेकामा ४० हजार पाँच सय ७० मत खसेको थियो ।

क्षेत्र नं ३ को प्रदेशसभा २ मा गठबन्धनअन्तर्गत माओवादी केन्द्रका धनबहादुर मास्कीले पाँच हजार चार सय ८९ मत प्राप्त गर्नुभएको छ भने नेकपा९एमाले०का हुकुम बस्नेतले पाँच हजार ७४ मत प्राप्त गर्नुभएको छ । हालसम्म १२ हजार छ सय ७८ मतगणना भएको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार नौ सय ८९ मतदाता रहेकामा ४९ हजार नौ सय ५० मत खसेको थियो ।




भर्खरै