५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की–२ मा एमालेकी भट्टराई अगाडि



file
अ+ अ-

पोखरा । कास्की क्षेत्र नं २ मा नेकपा (एमाले)की विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माधवप्रसाद कँडेललाई पछि पारेकी छन् ।

जारी मतगणनामा कास्की क्षेत्र नं २ मा रास्वपाका कँडेलले सुरुआती अग्रता लिएका थिए । पछिल्लो मतपरिणामअनुसार एमालेकी भट्टराई चार हजार आठ सय ५१ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । उनलाई रास्वपाका कँडेलले चार हजार सात सय सात मतसहित पछ्याएका छन् । नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले तीन हजार दुई सय सात मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा एमालेका उम्मेदवार भीमबहादुर कार्की पाँच हजार नौ मतसहित अग्रस्थानमा छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबहादुर भण्डारीले चार हजार छ सय १२ मतसहित पछ्याइरहेका छन् ।