२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा मतगणना सुरु



अ+ अ-

मङ्सिर । ताप्लेजुङमा मतगणना सुरु गरिएको छ । जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना सुरु गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभातर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो । उहाँका अनुसार पहिला प्रतिनिधिसभातर्फको गणना सकिएपछि प्रदेशसभातर्फको गणना सुरु गरिने छ ।

जिल्लाका दुर्गम तथा हिमाली भेगका मतपेटिका आज बिहान मात्र सदरमुकाम ल्याइपुर््याइएको थियो । फाक्ताङलुङ गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारीसाधनमा हुँदै आज बिहान मात्र ल्याइपुर्याइएको थियो ।

यहाँ कुल ८८ हजार दुई सय ८५ मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच छन् । दुई वटा अस्थायीसहित एक सय २५ वटा मतदान केन्द्रबाट ४८ हजार तीन सय ५५ जना मतदाताले मतदान गरेको बताइएको छ ।

प्रतिनिधिसभा सदस्य पदमा नेकपा ९एमाले०का योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० का खेलप्रसाद बुढाथोकी ९पराग० बीच मुख्य प्रतिस्पर्धा छ । भट्टराई यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका केशव दाहाललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । बुढाथोकी भने पहिलो पटक गठबन्धनका तर्फबाट निर्वाचनमा होमिनुभएको हो ।

यस्तै प्रदेशसभा क्षेत्र १ मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धका तर्फबाट नेकपा९एकीकृत समाजवादी० का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यता प्रदशसभा क्षेत्र २ भने एमालेका गोपाल थोप्रा र गठबन्धनबाट कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । प्रतिनिधिसभा र प्रदेशसभामा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।