• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

काठमाडौँ ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी



काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ– ९ बाट नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । कुल खसेको ४३ हजार ६७ मतमा ११ हजार ९५६ मत ल्याई उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखेरलले १० हजार ९६१ मत ल्याएका छन् । त्यस्तै सत्ता गठबन्धनबाट उम्मेदवरा बनेकी नेकपा ९माओवादी केन्द्र० की कल्पना धमलाले ६ हजार ४०२ मत हासिल गरिन् ।

काठमाडौँ–९ मा कुल ७२ हजार १७३ मतदाता रहेकामा ४३ हजार ६७ मत मात्रै खसेको थियो । २०४८ सालदेखि भएका हरेक संसदीय निर्वाचनमा एमालेबाट आठ पटक उम्मेदवार बनेका श्रेष्ठले यो सहित चार पटक जित निकालेका छन् । चारपटक उनी पराजित भएका थिए ।