२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा-५ मा फराकिलो अग्रता बढाउँदै एमाले अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता कायम गरेका छन् ।

ओलीले १५,५१० मत पाएका छन् भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८९५५ मत पाए । ओली र अधिकारीबिच ६,५५५ को मतान्तर रहेको छ ।

त्यस्तै , राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेसकुमार पोखरेल २८८३ मत पाएका छन् ।

झापा क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेपनि एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा ६६ दशमलब २७ प्रतिशत मत खसेको छ ।