• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

लेखराज भट्टलाई मार्ने धम्की, प्रशासनसँग सुरक्षा माग



कैलाली । नेकपा (एमाले) का सचिव तथा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान लिने धम्की आएको छ ।

पूर्वमन्त्रीसमेत रहेको भट्टलाई उनको घरमा दुई अज्ञात व्यक्ति पुगेर ज्यान लिने धम्की दिएका हुन् । मंगलबार बिहानै गोदावरी नगरपालिका अत्तरियास्थित निवासमा घुसेर ती दुई व्यक्तिले त्यस्तो धम्की दिएका हुन् ।

निवासमा भट्ट र परिवारका कुनै पनि सदस्य नभएका बेला धम्की दिएको भन्दै नेता भट्टले प्रहरीसमक्ष सुरक्षा माग गरेका छन् ।

उनका अनुसार बिहान ८ बजेतिर आफू घर नभएको बेला ‘त्यस मन्त्रीलाई ठिक पार्छौं’ भन्दै उनीहरुले धम्की दिएका हुन् । “म धनगढीमा रहेको बेला घरमा त्यस्तो घटना भएछ, मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु”, उनले भने ।