• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

८ दिनभित्र मतगणनाको नतिजा आइसक्ने निर्वाचन आयोगको भनाइ



काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत जारी मतगणनाको परिणाम ८ दिनभित्र आइसक्ने निर्वाचन आयोगले जनाएको छ । मतदान यही मंसिर ४ गते भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ८ दिनभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना भइरहेको जानकारी दिनुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मतगणनास्थलको निरीक्षण गर्दै उहाँले मतगणना रोकिएकाबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा ८ दिनभित्र आउने गरी मतगणना भइरहेको बताउनुभयो ।