• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित ★   कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध ★   प्रतिनिधिसभा बैठक सुरु

यस्तो छ रुपन्देहीको सम्पूर्ण क्षेत्रको पछिल्लो अपडेट



काठमाडौँ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले)ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा अग्रता लिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ र ५ मा एमाले, २ मा स्वतन्त्र, ३ मा कांग्रेस, र ४ मा लोकतान्त्रिक समाजवादी पार्टीले अग्रता लिएका हुन् । क्षेत्र नं १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा एक हजार सात सय ३८ मतका साथ अगाडि हुनुहुन्छ भने नागरिक उन्मुक्तिका लालवीर चौधरीले एक हजार पाँच सय ९७ मतका साथ पछ्याइरहनुभएको छ । सत्तागठबन्धनका उम्मेदवार घनश्याम भुसाल एक हजार चार सय चार मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

रुपन्देही २ मा सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिनुभएको छ । पछिल्लो मत परिणामअनुसार दुई हजार दुई सय ४४ मतका साथ उहाँले अग्रता लिनुभएको छ भने एक हजार नौ सय ४४ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याइरहनुभएको छ ।

तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुभएका जनमुक्तिका केशव थापाले एक हजार चार सय ६१ मत ल्यानुभएको छ । क्षेत्र नं ३ मा एक हजार नौ सय ४१ मतका साथ सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिनुभएको छ । दोस्रो स्थानमा राप्रपाका दीपक बोहोरा हुनुहुन्छ । उहाँले एक हजार चार सय ३६ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले निरन्तर अग्रता लिनुभएको छ । उहाँले तीन हजार नौ सय ९४ मतका साथ अग्रता लिनुभएको हो । कांग्रेसका प्रमोद यादवले दुई हजार सात सय ६१ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने जनमतका भोपेन्द्र यादवले दुई हजार एक सय १४ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

क्षेत्र नं ५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिनुभएको छ । उहाँले पाँच हजार ७० मत प्राप्त गर्दा कांग्रेसका भरतकुमार शाहले चार हजार सात सय ५२ मत प्राप्त गर्नुभएको छ ।