१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

गृहसचिव पाण्डेको प्रश्न: जनताको सेवामा अहोरात्र खटिँदा हाम्रो टाउकोनै फुट्नु पर्ने किन ?

गृहसचिव पाण्डेको प्रश्न: जनताको सेवामा अहोरात्र खटिँदा हाम्रो टाउकोनै फुट्नु पर्ने किन ?
अ अ+ अ-

काठमाडाै। गृहसचिव टेकनारायण पाण्डेले एमसीसीको विरोधमा आइतबार संसद् भवन रहेको नयाँबानेश्वरमा भएको विरोध प्रदर्शनमा घाइते भएका प्रहरीप्रति पीडा व्यक्त गर्नुभएको छ ।राम्रो अवसर नपाएर प्रहरी हुनुपरेको तीतो यथार्थ पोख्दै सचिव पाण्डेले प्रहरीकै भाषामा जनताको सेवामा अहोरात्र खटिँदा पनि हाम्रो टाउको नै फुट्नुपर्ने किन भनी प्रश्न गर्नुभएको छ । 

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “अवसर पाएको भए ठूलो जागिर खान्थ्यौँ, विदेश पनि जान्थ्यौँ, अथवा राजनीतिमा पनि हुन्थ्यौँ।।।।। राष्ट्रसेवाको भावनाले सानो ठूलो नभनी जसको सरकार भएपनि जनताको सेवामा अहोरात्र खटिँदा हाम्रो टाउकोनै फुट्नु पर्ने किन ? (प्रहरीको पीडा) ”

आइतबार एमसीसीको विरोधमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले ढुङ्गा मुढा प्रहार गर्दा १० प्रहरी घाइते भएका थिए ।   सत्ता साझेदार दलको बैठकमा एकातिर एमसीसी टेबल गर्न सहमत हुने तर अर्कातिर आफ्ना कार्यकर्तालाई सडकमा एमसीसीकै विरोधमा प्रदर्शन गर्न उक्साई प्रहरीको टाउको फुटाउन लगाउने केही राजनीतिक दलको गतिविधि बिडम्वनापूर्ण देखिन्छ ।

सचिव पाण्डेले फेसबुकमा पोष्ट गर्नुभएको सो स्टाटसप्रति केहीले प्रहरीप्रति सहानुभूति प्रकट गरेका छन् । एकजनाले लेख्नुभएको छ, “कठै बिचारा निरिह प्रहरी।।। देशका लागि भन्दा पनि अमुक नेताको लागि कुटाइ खानुपर्ने ।”  

त्यस्तै अर्को टिप्पणी छ, “नेताको गलत संस्कार भयो। सदाचार देखिएन। निष्ठामा स्खलन आयो। दुई जिब्रे भए हाम्रा नेता। स्पष्ट दृष्ठिकोण राख्न सकेनन्। यस्ता नेताका लागि पक्ष विपक्षमा कार्यकर्ता आ–आफ्नो टाउको फोड्न लागे। हामी संवेदनशील हुनै सकेनौँ। चुरो समस्या यहीँ हो।”

“प्रहरीलगायतको निमुखा कर्मचारी (विधि, पद्दतिअनुसार काम गर्न खोज्नेको) पीडा वुझ्ने कसले ? सधैँभरी यसरी टाउको फुटी राख्ने हो, ज्यान जोखिममा पारि राख्ने हो ,घर परिवार वालवच्चा सवैका हुन्छन नि होइन र ?