• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त

कञ्चनपुरका दुई क्षेत्रमा कांग्रेस र एकमा एमाले अगाडि



कञ्चनपुर । तीन प्रतिनिधिसभा क्षेत्र रहेकोे कञ्चनपुरका दुई क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेकपा ९एमाले०ले अग्रता लिएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार तारा लामा तामाङले अग्रता कायम राख्नुभएको छ । तीन हजार ८०१ मत गणना हुँदा तामाङले एक हजार ४३९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार बिना मगरले ८६६ मत प्राप्त गर्नुभएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका एनपी साउदले अग्रता कायम राख्नुभएको छ । तीन हजार दुई सय मत गणना हुँदा साउदले एक हजार तीन सय २७ मत प्राप्त गनुभएको छ भने प्रतिस्पर्धी एमालेका नरबहादुर धामीले एक हजार दुई सय नौ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा नौ हजार ४४१ मत गणना हुँदा नेपाली कांग्रेसका रमेश लेखक चार हजार आठ सय ५९ मतसहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका निरु पालले दुई हजार छ सय ७९ मतसहित लेखकलाई पछ्याइरहनुभएको छ ।रासस