७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनकुटामा एमालेको सुुरुआती अग्रता



अ+ अ-

धनकुटा । धनकुटामा नेकपा (एमाले) को सुरुआती अग्रता देखिएको छ । केहिबेर अघिबाट मात्र मतगणता सुरु भएको धनकुटामा पहिलो चरणको मतपरिणाम सार्वजनिक गरिँदासम्म एमालेका राजेन्द्रकुमार राई चार सय ६२ मतसहित पहिलो स्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनीलबहादुर थापाको चार सय ३१ मत रहको छ ।

त्यस्तै तेस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले २४ मत प्राप्त गर्नुभएको छ । धनकुटा १ ९१० प्रदेशसभातर्फ पनि नेकपा (एमाले) को सुरुआती अग्रता देखिएको छ । एमालेका प्रदेशसभा उम्मेदवार निरन राईले चार सय ६० मत पाउँदा नेकपा ९एकीकृत समाजवादी० अर्जुन राईले तीन सय २३ मत पाउनुभएको छ । रासस