२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा मतगणना सुरु



अ+ अ-

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

आज दिउँसो साढे तीन बजेदेखि मत गन्न सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना भइरहेको छ । जिल्लामा ५६।६४ प्रतिशत मत खसेको हो ।

जिल्लामा कूल मतदाता ९१ हजार दुई सय १ रहेकामा ५१ हजार छ सय ६० मत खसेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ । प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवासहित आठ जना चुनावी मैदानमा हुनुहुन्छ । रासस