९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी ४ मा लोसपालाई अग्रता



अ+ अ-

रूपन्देही । रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले नौ सय ९४ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले सात सय २३, जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले चार सय ९३ र जनता समाजवादी पार्टी ९जसपा०का ओमप्रकाश यादवले ३१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नं ४ (१) मा प्रदेशसभा सदस्य पदका लोसपाका कन्हैया बनियाले एक हजार एक सय नौ, नेपाली कांग्रेसका अष्टभुजा पाठक चार सय ८७ र जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल चार सय ९५ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ४ (२) मा नेपाली कांग्रेसका बसीउद्दीन खाले आठ सय ३३, जनमत पार्टीका अर्जुन जयसवाल चार सय ८८ र लोसपाका मोहनलाल यादवले चार सय ५० मत प्राप्त गर्नुभएको छ ।