८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अशक्त छोरालाई ह्वीलचेअरबाट उठाएर हिँडाउन रोबटिक्स इन्जिनियर पिताको यस्तो उपहार



अ+ अ-

एजेन्सी । फ्रान्समा एक रोबटिक्स इन्जिनियर पिताले आफ्ना छोराको अनुरोधमा शारीरिक अपाङ्गताका कारण ह्वीलचेअरमा बस्न बाध्य मानिसलाई आफैँ हिँड्न सघाउने एउटा विशेष खालको परिधान बनाएका छन्।

उनका १६ वर्षे छोरा पहिला एक्लै हिँडडुल गर्न सक्दैनथे। तर अहिले उनी शरीरमा जडित रोबटलाई आदेश दिएर अरूको सहायताबिना हिँडडुल गर्छन्। उनको छोराले आफु अहिले आत्मनिर्भर भएको महशुस गर्ने बताउँछन् । 

जाँ-लुई कोन्स्टान्जाले त्यस्तो परिधान बनाउने कम्पनी नै स्थापना गरेका छन्। केही देशका अस्पतालमा त्यस्तो यान्त्रिक परिधान प्रयोग गरेर बिरामीलाई दिनको केही घण्टा सीधा हिँडाइन्छ। सर्वसाधारणले प्रयोग गर्नेगरी बेच्न यो सूट अहिले महँन्गो छ । तर अस्पतालहरुलाई प्रतिगोटा १.८ लाख डलरमा दर्जौनौँ सूट बेचिसकेको छ ।