• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

रसुवामा दिउँसो ३:३० बजेसम्म ६४ प्रतिशत मतदान



रसुवा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

उहाँले मतदान शान्तिपूर्णरुपमा भइरहेको बताउनुभयो । रसुवामा ३४ मतदानस्थलमा ५४ वटा मतदान केन्द्र छन् । एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यका लागि सात वटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।