६ श्रावण २०८३, बुधबार
,
Latest
गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको सर्केगाडमा झडप, सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते



अ+ अ-

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित देवकोटा आधारभूत विद्यालय उनापानीमा मतदान स्थलमा झडप भएको छ ।

वारेसनामा विवाद हुँदा भएको झडपमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको छ । त्यहाँ बिहान ९ बजेदेखि मतदान स्थगित भएको छ । प्रहरीले मतपेटिका सुरक्षित रहेको जनाएको छ ।

वारेसनामा विवादका कारण बिहान ८ः३० मा सत्ता गठबन्धनका उम्मेदवार कार्चेना लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । सोही क्रममा सहायक मतदान अधिकृत भण्डारीको टाउँकोमा चोट लागेको हो ।

लगत्तै सर्वदलीय बैठक बसी पुनः मतदान सुरु गर्ने सहमति भएको थियो । तर पुनः एक दर्जन व्यक्तिले मतदान केन्द्रमा ढुंगामुढा गरेपछि तनाव सुरु भएको थियो । त्यसपछि प्रहरी निरीक्षक पुष्पराज रोकायले पेस्तोलबाट एक राउन्ड र थ्री नट थ्री राइफलबाट ७ गरी ८ राउन्ड फायर गरेका थिए ।