१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक विकासको एजेण्डालाई अघि सार्ने नेतृत्व आवश्यकः चन्द्रप्रसाद ढकाल



अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चयन गर्न आग्रह गर्नुभएको छ । वरिष्ठ उपाध्यक्ष ढकालले आईतवार बिहान काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको थियो ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालको आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताउनु भयो । उहाँले निर्वाचन देशको भविष्य निर्माणको पहिलो भएकाले उम्मेदवार चयनमा नचुक्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन देशको भविष्य निर्माणको पहिलो स्टेप हो । आफ्नो मताधिकारको प्रयोग गरेर नेपालको भविष्य निर्माण गर्नको लागि सही व्यक्ति निर्वाचित गरेर पठाउनुस् । नेपालको आर्थिक विकासमा, आर्थिक विकासको एजेण्डालाई अघि सार्ने किसिमको नेतृत्व आवश्यक छ ।’

ढकालसँगै अन्य उद्योगी व्यवसायहरुले उत्साहजनक रुपमा आ–आफ्नो मतदान केन्द्र पुगेर भोट खसालेका छन् । आईतवार बिहान ७ बजेबाट देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन भइरहेको छ । साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।