७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व आवश्यकः शंकर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ ।

आईतवार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्ने बताउनु भयो । उहाँले बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताउनु भयो ।

उहाँले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकलाई स्थायित्व, विकास र समृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ । राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्दछ । हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ । मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक छ । यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डो-याउनेछ ।

मेरो उम्मेदवारी पनि त्यसै प्रयोजनका लागि छ । म धेरै नै उत्साहीत छु, किनभने मुलुकलाई स्थायित्व चाहिएको छ, विकास र समृद्धि चाहिएको छ । त्यस्तो अवस्थामा मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यक्ता पर्छ । त्यसमा हामी छौँ ।’

महासचिव पोखरेलले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको बताउनु भयो ।