६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

महिलालाई प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत नदिनु गम्भीर विषय: प्रमुख आयुक्त थपलिया

महिलालाई प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत नदिनु गम्भीर विषय: प्रमुख आयुक्त  थपलिया
file
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने निर्वाचनपछि अब तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ भन्ने सबैलाई महसुस भएको बताउनुभएको छ ।

आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), नेपालले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन–२०७९ पूर्व दिएको पर्यवेक्षण प्रतिवेदन सम्बन्धमा आयोजित कार्यक्रममा उहाँले अब यो निर्वाचनपछि आवधिक निर्वाचनका बारेमा कसैले बखेडा झिक्न नसक्ने बताउनुभयो ।

आयोगले यो निर्वाचनका सन्दर्भमा धेरै सुधारको काम गरेको उल्लेख गर्दै भन्नुभयो, “हामीले मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा अत्यन्त मेहनतका साथ काम गर्यौँ, स्थानीय तहको निर्वाचनको भन्दा करिब ३ लाख मतदाता घटाउन सफल भयौँ, दलहरु एउटै निर्वाचन चिह्न लिएर मिलेर आएका छन् यो धेरै सकारात्मक कुरा हो ।”

निर्वाचनमा उम्मेदवारी दिनबाट आयोगले कसैलाई रोकेको छैन भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले तर राजनीतिक दलहरुले टिकट दिने विषयमा महिलालाई प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत नदिनु गम्भीर विषय भएको बताउनुभयो ।

“हामीले प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिलाको उम्मेदवारी नभए उम्मेदवारी दर्ता गर्न दिन्नौँ भन्न सक्थ्यौँ तर संविधानमै प्रत्यक्षमा ३३ प्रतिशत नपुगे पनि समानुपातिक निर्वाचन प्रणालीसहित ३३ प्रतिशत पुर्याए हुने भन्ने व्यवस्था गरिदिएकाले हामीले केही गर्न सक्ने अवस्था रहेन”, उहाँले भन्नुभयो, “यसबाट संविधानले नै महिला सहभागितालाई अप्ठ्यारो पारिरहेको छ कि भन्ने महसुस भएको छ ।”

उम्मेदवारी दर्ता गर्ने विषयमा पनि केही जटिलता देखिएको भन्दै उहाँले भन्नुभयो, “उम्मेदवारी दर्ता गर्न दुई दिनको समय दिँदा पनि समय सकिने बेलामात्र उम्मेदवारी दर्ता गर्न आउने, उम्मेदवारी दर्ता गर्न आउँदा पार्टीको पत्र आउन ढिला भयो भन्ने जस्ता कुरा देखिए, अब उम्मेदवारी दर्ता गर्ने विषयमा देखिएको जटिलतालाई समाधान गर्न अनलाइनकै व्यवस्था गर्नुपर्ने महसुस आयोगलाई भएको छ ।”

उम्मेदवारी दर्ता गर्ने बेलामा उम्मेदवारलाई नै आफ्नो योग्यता कति हो, म योग्य छु कि छैन भन्ने पनि उम्मेदवारलाई थाहा नभएको पाइएको उहाँले सुनाउनुभयो ।

पर्यवेक्षण गर्नु भनेको निर्वाचनलाई सहयोग गर्नु हो भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले पर्यवेक्षण टोलीले प्रतिवेदन दिनुअघि देखिएका समस्या बताइदिए समाधान गर्न सजिलो हुने बताउनुभयो ।

अहिले हामी निर्वाचनको शान्त तलाउमा छौँ, निर्वाचनको स्वच्छ नदी बगिरहेको छ भन्दै उहाँले भन्नुभयो, “स्वच्छ नदीलाई चलाएर धमिलो बनाउने कसैले दुस्साहस नगरौँ ।”