• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

दीपक मनाङेलाई २५ हजार जरिवाना



फाईल फोटो

काठमाडौं । निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ ।

मनोनयन दर्ताको समयमा मनाङेले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएका थिए । यस्तो अभिव्यक्ति दिएपछि उनलाई आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।

आयोगले मनाङेलाई सोहि विषयमा कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो ।

मनाङे मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी रहेको छ ।