२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ



फाईल फोटो
अ+ अ-

राँझा । आसन्न प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजर गरी बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गए राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रलाई छुने ६५ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ । भारतमा चुनाव हुँदा पनि सीमानाका बन्द गर्ने गरिएको छ । खुला सीमानाकाका कारण हुने आपराधिक गतिविधि रोक्न बिहीबार भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले संयुक्तरूपमा गस्ती गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

उहाँका अनुसार सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले नियमितरूपमा संयुक्त गस्ती गर्दै आए पनि पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी संयुक्त गस्तीलाई तीव्र पारिएको छ । बिहीबार जमुनाहबाट सुरु भएको संयुक्त गस्ती टोली हिरमिनिया पुगेर फर्किएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्र्वाटर बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिनुभयो ।