• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

विश्वकपमा २० वर्षसम्म युरोपको वर्चस्व, मेसी र नेयमारमाथि दक्षिण अमेरिकाका लागि चुनौति



एजेन्सी । फिफा विश्वकप सुरु हुन दुई दिन मात्रै बाँकी छ । यसपटकको विश्वकपमा युरोपको दबदबा टुट्ने हो कि होइन भन्नेबारे चासो बढ्न थालेको छ । किनभने विगत २० वर्षदेखि युरोपेली राष्ट्रहरूले फिफा विश्वकपमा आफ्नो एकाधिकार कायम राखेका छन् ।

सन् २००२ मा पछिल्लो पटक युरोप बाहिर दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्व च्याम्पियन बनेको थियो । त्यसयता युरोपेली देशहरूले ब्राजिल र अर्जेन्टिनालाई प्रत्येक विश्वकपमा उपाधिका दावेदार भए पनि फिफा ट्रफीबाट टाढा राखेका छन् ।

नेयमार र लियोनल मेसीको नेतृत्वमा ब्राजिल र अर्जेन्टिना कतारमा आफ्नो दाबेदार प्रस्तुत गरेसँगै २० वर्षदेखि चलिरहेको युरोपेली दबदबा तोड्ने चुनौति दुवै देशलाई हुनेछ ।

दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे विजेता
सबैभन्दा बढी पाँच पटक (१९५८, १९६२, १९७०, १९९४, २००२) विश्व च्याम्पियन ब्राजिल र दुई पटकको उपाधि विजेता अर्जेन्टिना (१९७८, १९८६) यस पटक पनि उपाधिका प्रमुख दाबेदार हुन् । द्रुत र आक्रामक फुटबल खेल्ने यी दुई देशले रक्षात्मक र प्राविधिक फुटबल खेल्ने युरोपेली देशलाई पछि पार्छन् कि पार्दैनन्, हेर्न बाँकी नै छ ।

ब्राजिल र अर्जेन्टिनापछि फिफा विश्वकप जित्ने उरुग्वे तेस्रो दक्षिण अमेरिकी राष्ट्र हो । उरुग्वे सन् १९३० मा फिफा विश्वकपको पहिलो विजेता पनि थियो । सन् १९५० मा पनि उसले माराकाना रंगशालामा एक लाख ४५ हजार दर्शकको अगाडी आयोजक ब्राजिललाई २–१ ले हराएर विश्व उपाधि मात्र जितेको थिएन, त्यतिबेला सबैलाई चकित पारेको थियो । यद्यपि, यसपटक पनि लुइस स्वारेज र एडिन्सन काभानीजस्ता स्टार खेलाडीहरु सम्मेलित उरुग्वेलाई भने उपाधि दाबेदारमा गनिएको छैन ।

२००२ सम्म, दक्षिण अमेरिकी देशहरूले युरोपका आठ विरुद्ध नौ उपाधि जितेका थिए
२००२ सम्म, युरोप र दक्षिण अमेरिकी देशहरूमा उपाधिका लागि रोचक भिडन्त हुन्थ्यो । सन् २००२ सम्म भएका १७ विश्वकपमा नौ उपाधि दक्षिण अमेरिकी देशले र आठ उपाधि युरोपेली देशले जितेका थिए तर त्यसपछि स्थिति उल्टो भयो । अहिलेसम्म युरोपेली देश १२ पटक विश्व च्याम्पियन बनेका छन् भने दक्षिण अमेरिकी देशले ९ पटक फिफा उपाधि जितेका छन् ।

रोचक प्रसंग, सन् २००२ यता भएका चार विश्वकपमा दक्षिण अमेरिकी टोली अर्जेन्टिना एकपटक मात्रै फाइनलमा पुग्न सकेको छ । सन् २०१४ मा मेसीको कप्तानी रहेको अर्जेन्टिनालाई जर्मनीले १-० ले हराएको थियो । सन् २०१० मा उरुग्वे र २०१४ मा ब्राजिल सेमिफाइनलमा पुगेका थिए । दुवै देश चौथो स्थानमा रहे । अर्थात् सन् २००२ देखि फिफा विश्वकपमा युरोपेली फुटबलको पूर्ण प्रभुत्व रहेको छ ।

विश्वकप उपाधि जित्न नसकेका मेसी र नेयमार
इंग्ल्याण्डका स्टार फुटबलर वायन रुनीले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यसपटक अर्जेन्टिना र ब्राजिल विश्वकप जित्न सक्षम छन् ।’ यो मेसीको पाँचौं र अन्तिम विश्वकप हुन सक्छ । उनले अर्जेन्टिनालाई अहिलेसम्म विश्वकपको उपाधि जिताउन सकेको छैन । उनले यस पटक जित्नका लागि आफ्नो सबै प्रयास र मिहिनेत लगाउनेछन् ।

यता, नेयमार पनि अर्को वर्ष फेब्रुअरीमा ३१ वर्षका हुनेछन् । विज्ञहरूले यसलाई उनको अन्तिम विश्वकप पनि मानिरहेका छन् । उनले पनि ब्राजिललाई विश्व च्याम्पियन बनाउन सकेका छैनन् । दुवै स्टार फुटबलर आफ्नो देशको उपाधिको खडेरी अन्त्य गर्न चाहन्छन् ।